काठमाडौं । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
३० वर्षे सेवा अवधिका कारण सशस्त्रका आईजीपी पुष्पराम केसी अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ आइजीपी नियुक्त गरेको हो ।