अजयमेरूमा दर्जनौं एमाले कार्यकर्ता माओवादी केन्द्र प्रवेश

डडेल्धुरा । लामो समयदेखि नेकपा एमालेमा सक्रिय दर्जनबढी नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।।

अजयमेरु गाउपालिका वडा न.५ देवलदिब्यपुर (दान्ल)का बिनोद पालसहित नेकपा एमाले र नेपाली काङ्ग्रेसबाट डेढ दर्जन नेता कार्यक्रताहरु नेकपा माओवादी प्रबेश गरेका हुन । नया प्रबेशी हरुलाइ नेकपा माओवादी केन्द्र सुदुरपश्चिम इन्चार्ज खगराज भट्ट (बिनोद) र जिल्ला संयोजक उमेश भट्ट (बिकास ) ले फुलमाला र अबिर लगाइ स्वागत सङ्गै पार्टी प्रबेश गराएका छन ।

नव प्रबेशी पालले झ बिगतको समयमा पार्टीको लागि गरिएको जोडदार मेहिनत र संघर्शको उचित मुल्यांकन नेकपा एमाले बाट नभएको र यो पाँच बर्षको गतिबिधी हेर्दा माओवादी ले नै हाम्रो गाउँठाउँ मा परिवर्तन र देशभरी मै उत्कृष्ट काम गर्न माओवादी केन्द्रले सक्ने भएका कारण यता प्रबेश गरेको बताए ।

कमेन्ट गर्नुहोस्