निर्वाचन नजिकिंदै गर्दा मतदातालाई प्रभावित पार्न प्रचारप्रसार तिब्र

काठमाडौ । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सबै राजनीतिक दलहरुले प्रचारप्रसारलाई तीव्र बनाएका छन ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन। दलका झण्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जाने गरेका छन । उम्मेदवार र नेताको चहलपहलले चुनावी माहोल बढाएको छ । उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन।

याे पनि पढ्नुस  निर्वाचनतर्फ अघि बढ्यो मुलुकः जेठ ४ मै स्थानीय तह निर्वाचन हुने पक्का (विज्ञप्तीसहित)

दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन । नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन । स्थानीय तहको निर्वाचन भएकोले पनि हरेक टोलमा उम्मेदवारहरु भेटिने गरेका छन।

याे पनि पढ्नुस  व्यवस्था विरोधिले स्थानीय सरकारलाई भ्रष्टाचारको अखडा बनाए : देव गुरुङ

सबै जसो उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको सुविधा, शिक्षा र स्वास्थ्य प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउन लगाएतका विषयहरु लिएर मतदाताको घरघरमा गईरहेका छन ।

कमेन्ट गर्नुहोस्