माओवादी नेतृत्व, जसले फेर्‍याे पञ्चकन्या गाउँपालिकाको मुहार

नुवाकोटको पञ्चकन्या गाउँपालिका नेपाली कांग्रेसका प्रभावशाली नेता डा.रामशरण महत, डा.प्रकाशशरण महत र माओवादी नेता हितबहादुर तामाङको गाउँ समेत हो । देशभर चुनावी सरगर्मी बढेको बेला पञ्चकन्या पनि अछुतो रहन सक्दैन । अहिले विशेष गरी धेरैको चासो पञ्चकन्यामा कसले जित्छ भन्नेतर्फ ध्यान केन्द्रित छ ।

यस गाउँपालिकामा अध्यक्षका उम्मेदवार माओवादीबाट रहेका तेजबहादुर तामाङ (रमेश) पहिले पनि माओवादीबाट नै विजयी भएका थिए । तत्कालीन कांग्रेस उम्मेद्वार उनीसँग पराजित भएका थिए । धेरै नेता भएर पनि विकट यो पालिका माओवादी नेतृत्वमा पुगेपछि मुहार नै गरिएको छ । माओवादीले विकट रहेको यो पालिकालाई अहिले समृद्ध बनाउने काम गरिरहेको छ । अघिल्लो निर्वाचनमा गरेका बाचाहरु धेरै पूरा गरेको भए पनि अझै केही कामहरु सम्पन्न गर्न बाँकी नै छ । अघिल्लो कार्यकालमा गाउँपालिकाको विकासका निम्ति माओवादी नेतृत्वले जग हालेको भए पनि त्यसलाई पूरा गर्न अझै बाँकी नै छ ।

सडकमा क्रान्तिकारी परिवर्तन
माओवादीले पञ्चकन्यामा जितेपछि सडक सञ्जालमा व्यापक परिवर्तन भएको छ । पहिले हिउँदमा समेत सवारी चल्न नसक्ने सडकमा अहिले बाह्रै महिना सवारी निर्बाध रुपमा चल्ने गरेका छन् । नयाँ सडक सञ्जाल सबै पालिकाले नै बनाएको हो भने बर्षौदेखि कच्ची सडक अहिले कालोपत्रे हुने क्रममा छन् ।

हट्दैछ पानीको हाहाकार
पञ्चकन्या ग्रामीण इलाका भए पनि यहाँ पानीको ठूलो समस्या रहेको थियो । पालिकाले पहिलो प्राथमिकतामा खानेपानीलाई राख्दै भूमिगत खानेपानीबाट २ वटा बोरिङबाट करिव ३०० घरधुरीलाई खानेपानी उपलब्ध गराएको छ भने एक घर एक धारा नीतिअन्तर्गत १६ सय ४१ धारा निर्माण भएको छ ।

९८ भवन निर्माण
यस पालिकाले पाँच बर्षमा विद्यालय, स्वास्थ्य चौकी, कार्यालय, क्लिनिकलगायतका ९८ भवन निर्माण भएको छ । मठ मन्दिर गुम्बासमेत निर्माण गरिएको छ । १० बेडको अस्पताल निर्माण गरिएको छ भने हालै पालिकामा नै बैंक स्थापना गरिएको छ । त्यस्तै, गाउँपालिकाको आफ्नै भवन पनि आकर्षक डिजाइनमा निर्माण भइरहेको छ ।

पर्यटकीय पार्क निर्माण
पन्चकन्या गाउँपालिकाले नुवाकोटकै सबैभन्दा आकर्षक र मनोरम पार्क निर्माण गरिरहेको छ । करिब एक हजार रोपनीमा तीन बर्ष भित्रमा यो पार्क सम्पन्न हुनेछ भने करिब ५० करोड लगानी लाग्ने अनुमान गरिएको छ । यो पार्कमा सहिदको प्रतिमासहित पिकनिक स्पट, बच्चाहरुको लागि खेल्ने स्पट, वरिपरि फलफूल उपलब्ध हुनेछन् । यस पार्क बनाउन विभिन्न निकायबाट सहयोग भइरहेको छ ।

कमेन्ट गर्नुहोस्