काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन् ।
उनी विदा मनाउन र एउटा विवाह समारोहमा भाग लिन काठमाडौं आएको कान्तिपुर दैनिकले उल्लेख गरेको छ ।
गान्धी आज अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
उनी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् ।
आगामी बिहिबार पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा सहभागी हुनेछन् ।
पाँच दिने नेपाल भ्रमणको अवसरमा उनी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने कान्तिपुरले दावी गरेको छ ।
यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।