काठमाडौं । अमेरिकाको क्यान्सास राज्यमा भयानक तुफान आएको छ ।
हलिउड चलचित्रमा देखिने दृश्यजस्तै आएको तुफानमा परी सयौं घर ध्वस्त भउका छन् भने करोडौंको धनमालको क्षति भएको छ ।
सामाजिक सञ्जालमा तुफानको एउटा भिडियो समेत सार्वजनिक भएको छ ।
मिडिया रिपोर्टहरुले तुफानका कारण २० हजार बढी मानिस प्रभावित भएका छन् । विचिटा शहरका मेयरले तुफानका कारण एक सय बढी घर क्षतिग्रस्त भएको बताएका छन् ।
यद्यपी अहिलेसम्म कुनै मानवीय क्षति भएको रिपोर्ट भने आएको छैन ।
तुफानका कारण प्रहरीले शहरतर्फ जाने सडक बन्द गरेको छ । मानिसहरुमा त्रास र आतंक फैलिएको छ ।