नगर र गाउँपालिकामा एउटा मात्रै गाडी प्रयोग गर्न पाइने, यस्तो छ नयाँ निर्देशिका

काठमाडौं । निर्वाचनलाई तामझामरहित तथा मितव्ययी बनाउन सवारी साधन प्रयोग सम्बन्धी निर्देशिका जारी भएको छ ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै महानगर, उपमहानगर तथा नगर र गाउँपालिकाका प्रमुखका लागि सवारी साधन प्रयोगसम्बन्धी निर्देशिका जारी गरेको हो ।

निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमति पत्र लिएर मात्र प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउने छन्। जसअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख र वडाध्यक्ष वा वडा सदस्यले बढीमा दुई वटा हलुका सवारीसाधन प्रयोग गर्न पाउने छन् ।

नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा हलुका सवारीसाधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउने छन्। आयोगका अनुसार अधिकृतले निवेदनका आधारमा उल्लिखित सङ्ख्यामा नबढ्ने गरी सवारीसाधन प्रयोग गर्न अनुमति दिने छन् ।

कमेन्ट गर्नुहोस्