गिरिराज नेपाली
घोराही, १९ बैशाख । यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको दौडधुपमा क्रियाशिल राजनीतिक दल तथा उनका उम्मेद्वारहरु अहिले टोलटोल बस्ती बस्ती पुगिरहेका छन् । आफ्ना दलका नेता तथा उम्मेद्वारहरु चुनावी अभियानसँगै बस्तीबस्ती पुग्दा कार्यकर्ताहरु पनि हौसिएका छन् । आ–आफ्ना कार्यकर्ताहरु बाक्लो उपस्थितीले नेता तथा उम्मेद्वारहरुलाई पनि हौस्याएको छ । चुनावी प्रचारप्रसार अभियानसँगै नेता कार्यकर्ता र उम्मेद्वारहरु हाँस्दै नाँच्दै गाउँ पसिरहेका छन् ।
सोमवार घोराही उपहानगरपालिका स्तरीय संयुक्त गठनको वडास्तरीय चुनावी प्रचारप्रचार समितिहरुले आ–आफ्ना वडाहरुमा चुनावीसभा आयोजना गरेका छन् । वडा नं. ७ , १४, १८ र १२ ले चुनावीसभा सम्पन्न गरेका छन् । चुनावीसभालाई सम्बोधन गर्दै घोराही उपहानगरपालिका गठबन्धनका मेयरका उम्मेद्वार हेमराज शर्मा पोख्रेलले घोराहीको समग्र विकासका लागि चुनावी नारा र भाषण मात्रै नभई आगामी पाँचवर्षमा नमूना उपहानगरपालिका रुपमा विकास गर्ने बताउनुभयो । घोराही उपहानगरपालिकाले आर्थिक हिनामिना थुप्र्रै कामहरु गरी आफ्ना कार्यकर्ता पाल्ने पोस्ने काम गरेकाले अब त्यो कामको राम्रोसँग सुझबुझ गर्दै उपमहानगरवासी सचेत बन्नुपर्ने आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो–‘ भष्ट्रचारी सरकारले जनतामा भ्रम छर्दै , छुक्याउने काम गरिरहेको छ । ’ जसका कारण गठबन्धन साझा नेतृत्वले उपहानगरपालिकालाई समृद्ध र समुन्नत बनाउने उद्देश्यका साथ अघि बढिरहेकाले जनताको सरकारको रुपमा उपहानगरपालिका विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विभिन्न चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धन तर्फका साझा उपमेयर पदका उम्मेद्वार भुपबहादुर डाँगीले जनताको समस्या समाधानभन्दा पनि घोराही उपहानगरपालिकाले कार्यकर्ता आवश्यकता पुरा गर्न अग्रसर भएकाले धेरै आर्थिक अनियमिता गरी जनता अभिमत माथि कुठरा घात गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘ बिग्रिएको गाडीले इन्धन खानेदेखि कोरोना महामारीमा आर्थिक हिनामिना गर्नेसम्मको काम गरेको छ । ’ जनताको सुखदुखको सरकारका रुपमा रहनुपर्ने सरकारले जनताको आपतविपत्तलाई कमाउने धन्दाका रुपमा लिएकाले जनताले अब चनाखो पनि उपमहानगरपालिकाको विकास र जनताको सुखदुखमा साथ दिने नेतृत्वको खोजी गर्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो–‘ गठबन्धनले जनभावना विपरित काम गरे हामीले आजिवन माफ पाउने छैनौं । ’
‘कार्यकर्तालाई योजना दिने, वडालाई निषेध गरे’
‘घोराही उपहानगरपालिकाले एक वडा एक खेल मैदान र एक पानी पोखरी निर्माणको अभियान अघि सा¥यो । तर हाम्रो वडामा त्यो योजना परेन । हामीले निर्वाचन क्षेत्र विकास कोष बाट खेल मैदान र पानी पोखरी निर्माण ग¥यो । भाइरल रोडको हामीले बनायौं भनी कुरा गरी उपमहानगरपालिकाले जनतामा भ्रम छरिरहेका छन् । त्यो कुरा गर्न नेकपा एमालेलाई लाज मान्नुपर्ने हो । न उपहानगरपालिकाले काँग्रेसका वडाध्यक्षलाई योजना दियो , न माओवादी वडाध्यक्षका वडा योजना दियो । ’ घोराही उपहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढाले भन्नुभयो–‘ नेकपा एमालेले धेरै आर्थिक अपचलन गर्नुसम्म गरे । ’ जसले गर्दा घोराही उपहानगरपालिका अहिले धेरै आर्थिक संकटमा परेको समेत सुनाउनुभयो ।
गठबन्धनको प्रतिबद्धता ‘कुरामा होईन, काम गर्छाै’
