विद्यार्थीको माग र मुद्धामा सचेत आर.आर क्रान्तिकारी क्याम्पस कमिटी

काठमाडौं । विद्यार्थी संगठनहरु विद्यार्थीका माग र मुद्धामा भन्दा अन्यत्रै भुलेको आरोप जताततै व्यप्त छ। त्यसले समस्त विद्यार्थी आन्दोलनको औचित्य र क्याम्पसहरुमा विद्यमान संगठनहरुको अस्तित्व माथी ठुलो प्रश्न चिन्ह खडा भएको छ। त्यही अवस्था र परिचयबाट आफ्नो फरक परिचय स्थापित गर्न क्रियाशिल छ आर.आर क्याम्पसको एउटा विद्यार्थी संगठन त्यो हो अखिल (क्रान्तिकारी) ।

काठमाडौंको केन्द्रमा अवस्थित रत्नराज्य लक्ष्मी क्याम्पस विद्यार्थी आन्दोलनको हिसाबले अत्यन्त महत्त्वपूर्ण क्याम्पस मानिन्छ। मानविकी संकायको क्याम्पस भएकै कारण हुनुपर्छ यहाँ कम्युनिष्ट विद्यार्थी संगठनहरुको प्रभाव बढी देखिन्छ। सडक सङ्घर्षमा सधैं अगाडि देखिने यो क्याम्पस र यहाँका संगठनहरु मध्ये पनि अखिल (क्रान्तिकारी) फरक पहिचान स्थापित गर्न प्रयासरत छ। विद्यार्थी केन्द्रित विभिन्न सृजनात्मक अभियान संचालन गर्दै आएको यस संगठनले हालसालै “लाइब्रेरी सुदृढीकरण अभियान” चलाएको छ।

यस अन्तर्गत विभिन्न विभागहरुसँग संवन्य गर्दै अखिल (क्रान्तिकारी)ले लाइब्रेरीमा नयाँ किताब भित्र्याउने, लाइब्रेरीको भौतिक संरचना र आफूसँग आवद्ध विद्यार्थीहरुलाई लाइब्रेरी जान प्रेरित गर्ने पहलहरु लिदै आएको छ। त्यति मात्र होइन, संगठनले आफ्नै पहलमा केही नयाँ किताबहरु लाइब्रेरीमा ल्याएको छ।

अखिल (क्रान्तिकारी), आर.आर. क्याम्पस कमिटीका उपाध्यक्ष प्रविन विष्टले भने, “पुस्तकालयको मुद्धा सबैले उठाउने तर त्यो मुद्दामा मात्र सिमित रहेको हामीले लामो समय देखि देखिरहेका थियौं। त्यसैले यस पटक हामीले किताबको सुची सहित क्याम्पस प्रशासन समक्ष माग पत्र राख्यौं। हाम्रो निरन्तरको दबाबका कारण आज लाइब्रेरीमा किताबहरु आएको छ। केही किताब ल्याउने मात्र हाम्रो उद्देश्य होइन, हामीले साङ्केतिक रुपमा विद्यार्थीहरुको एउटा महत्त्वपूर्ण मुद्दा लाइब्रेरी हो र यो निरन्तर अपडेटेड रहनपर्छ भन्ने सन्देश दिन खोजेका हौं।”

अर्का उपाध्यक्ष सोनी भट्टराईले भनिन्, “यस कार्यक्रम भन्दा पहिले पनि अखिल (क्रान्तिकारी) निरन्तर क्याम्पस भित्र विद्यार्थीका साना ठुला सबै मुद्दामा सङ्घर्ष गर्दै आएको देखिएको छ। संगठनकै पहलमा यस शैक्षिक सत्रबाट स्नातकोत्तर र स्नातकतहमा छात्रवृत्तिको व्यवस्था भएको छ। “हामीले छात्रवृत्तिको मुद्दा उठाउदा धेरै नै नाइनास्ती सुन्नुपरेको थियो तर हामी निरन्तर आफ्नो अभियानमा लाग्यौं। प्रशासनलाई ज्ञापन पत्र बुझायौं, कक्षाकक्षामा गएर विध्यार्थीहरुलाई उहाँहरुको मुद्दामा बोल्न प्रेरित गर्यौ र हस्ताक्षर संकलन अभियान पनि चलायौं। हाम्रो निरन्तरको दबाबका कारण आज विद्यार्थीहरुले आफ्नो छात्रवृत्तिको अधिकार पाउन सफल भएका छन्। विद्यार्थीहरुको जित भएको छ, हामी यसमै खुसी छौं ।”

संगठनका अध्यक्ष सिसिर बस्यालले महँगी र मुल्यवृद्धिका विरुद्ध सडकमै दाउरा बालेर गुन्द्रुक–भात पकाएर सांकेतिक विरोध जनाएर, जातिय विभेद विरुद्ध दिउँसै टर्छ बालेर गरिएको न्याय र्याली लगायत जनजिविकाका सवालमा निरन्तर क्रियाशिल बनेको बताए ।

कमेन्ट गर्नुहोस्