राहुल गान्धीकी नेपाली महिला साथीको विवाहमा सरिक हुन नेपालमा, नाइट क्लबको भिडियोले भारतभर हंगामा

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी यतिबेला नीजि भ्रमणका लागि काठमाडौँमा छन् । उनी आफ्नी एक नेपाली साथी सुम्निमा उदासको विवाह समारोहमा समावेश हुन यहाँ आएका हुन् ।

राहुल गान्धी सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ आर्लिएका थिए । उनी सोमबार राती ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा गएका थिए । यहाँको भिडियोले नेपालमा मात्रै होइन, पूरै भारतमा पनि हंगामा मच्चाइरहेको छ । उनी मेरियट होटलमा बसिरहेका छन् ।

राहुलकी साथी सुम्निमाका पिता भीम उदास म्यानमारका लागि नेपालका पूर्व राजदूत हुन् । उनले आफ्नी छोरीको विवाहमा सरिक हुन राहुल गान्धीलाई निमन्त्रण दिएको बताएका छन् । विवाह समारोह आज अर्थात् मंगलबार हुँदैछ । यस्तै रिसेप्सन ५ मेमा हायात होटलमा हुँदैछ ।

सुम्निमाको विवाह निमा मार्टिन शेर्पासँग भइरहेको छ । रिपोर्टका अनुसार यी दुईको विवाहमा भारतका अन्य हस्ती पनि पुगिरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्