अखिल(क्रान्तिकारी)ले “एक बुथ एक सय क्रान्तिकारी युवा” परिचालन गर्ने , यस्तो छ कार्यविभाजन

काठमाडौं ।अखिल(क्रान्तिकारी)ले स्थानीय चुनावमा “एक बुथ एक सय क्रान्तिकारी युवा” परिचालन गर्ने भएकाे छ । अखिल(क्रान्तिकारी)को दोस्रो पूर्ण बैठकको निर्णय अनुसार प्रत्येक बुथमा १०० जना क्रान्किारी युवा परिचालन गर्ने भएको हो ।

बैठकको निर्णय अनुसार यहि वैशाख ३० गते सम्पन्न हुन् गइरहेका स्थानीय तहको निर्वाचनमा जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा दिने भएकाे छ ।  भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बुथ सुरक्षा सहित नेकपा (माओवादी केन्द्र) र गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउने उदेश्यले “एक बुथ एक सय क्रान्तिकारी युवा परिचालन गर्ने निर्णयलाई कार्यान्वयन गर्ने गरी क्रान्तिकारी अघि बढेकाे महासचिव दिपेस पुनले बताए ।

साथै बैठकले संगठनका केन्द्रीय पदाधिकारीद्वारा सम्बन्धित प्रदेशको पालिकाहरुको परिचालनको लागि आवश्यक समन्वय गर्ने गरि ७५३ पालिकामा निर्वाचन परिचालन कमान्डरको जिम्मेवारी तय गरेको छ ।
यस्तो छ कार्यविभाजन

कमेन्ट गर्नुहोस्