आगामी स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक बनाउन प्रस्ताव

काठमाडौं । नेपाल उद्योग परिसंघले विं.सं. २०७९–२०८९ को दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकका रूपमा कार्यान्वयन गर्न नेपाल सरकारसँग प्रस्ताव गरेको छ ।

आगामी आर्थिक वर्षको वार्षिक बजेट एवं आर्थिक नीतिमा सुझाव प्रस्तुत गर्दै परिसंघले उच्च आर्थिक वृद्धि, लगानी विस्तार र रोजगारी सिर्जनामा ठूलो परिवर्तन गर्नसक्ने गरी नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ ।

परिसंघको तर्फबाट सुझाव प्रस्तुत गर्नुहुँदै अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली अर्थतन्त्रमा रहेका केही समस्यालाई मुख्य रूपमा सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरे।

उनले औद्योगीकरण, निर्यात प्रवद्र्धन एवं आयात प्रतिस्थापन, गुणस्तरीय भौतिक पूर्वाधार तथा परियोजना व्यवस्थापन, भुक्तानी सन्तुलन व्यवस्थापन र लगानी वृद्धि अहिलेका मुख्य समस्या रहेको उल्लेख गरे ।

यसैगरी रोजगारीको अवसर सिर्जना, नीतिको कार्यान्वयन तथा सुशासन र लगानीयोग्य तरलताको व्यवस्थापनलाई पनि अर्थतन्त्रको समस्याको रूपमा प्रस्तुत गरिएको छ । परिसंघका सुझाव लगानी, उत्पादन र निर्यात प्रवद्र्धनमा केन्द्रित रहेका छन् ।

यसैगरी परिसंघले १० वर्षको नीतिगत स्थिरता, आत्मनिर्भर हुन सक्ने वस्तुको संरक्षण र प्रोत्साहन, आयात हुने सम्पूर्ण वस्तुले अनिवार्य गुणस्तरीय मापदण्ड पूरा गर्ने व्यवस्था मिलाउन पनि परिसंघले सुझाव दिएको छ ।

व्यक्तिगत आयमा करछुट १० लाख पु¥याउन र उद्योगलाई जग्गामा हदबन्दी नलाग्ने व्यवस्था गर्न पनि परिसंघले सुझाएको छ ।

कमेन्ट गर्नुहोस्