नवलपरासीमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ६ जना घाइते

काठमाडौं । निर्वाचन प्रचारप्रसारका क्रममा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते बनेका छन् ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं १ मा झडप भएको हो ।

नवलपुर प्रहरीका अनुसार घटनामा चोटपटक लागेका घाइते चार जनालाई चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।

एमाले कार्यकर्ताहरुले नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीमा तोडफोड गरेका छन् । यसअघि समेत गाउँपालिका अध्यक्षमा निर्वाचित पाण्डे दोश्रो कार्यकालका लागि समेत उम्मेदवार बनेकी छिन् ।

एमालेले चेतबहादुर रानालाई उम्मेदवार बनाएको छ ।

कमेन्ट गर्नुहोस्