कञ्चनपुरको होटल 9/11 मा एक युवक मृत फेला

महेन्द्रनगर, भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारमा रहेको 9/11 होटलमा एकजना युवा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार, मृतक भीमदत्तको निम्बुखेडा निवासी अन्दाजी २१ वर्षका मुकुल पाण्डे रहेका छन् । अहिले होटलबाहिर ठूलो भीड रहेको छ ।

रेष्टुरेण्ट व्यवसायका लागि परिचित उक्त होटलको माथिल्लो तलमा केही सुत्नमिल्ने कोठाहरु समेत रहेका छन् । पाण्डेको हत्या भएको आशंका समेत गरिएको छ ।
प्रहरीले घटनास्थल सिलबन्दी गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

कमेन्ट गर्नुहोस्