कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ६ जना घाइते

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं। १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झ(ड(प हुँदा दुवैतर्फका ६ जना घाइते भएको छन ।

घाइते ६ जना मध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । निर्वाचन प्रचारका क्रममा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।

कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ अहिले पनि कांग्रेसको तर्फबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । नेकपा एमालेबाट चेतबहादुर राना उम्मेदवार हुनुभएको छ

कमेन्ट गर्नुहोस्