आईपीएल क्रिकेटमा आज एक खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ । आज हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । पुनेमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

बैंगलोर आज छैटौं जितको खोजीमा रहेको छ । बैंगलोर १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।यस्तै चेन्नई चौंथो जितको खोजीमा रहेको छ । चेन्नई ९ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस अघिको भेटमा चेन्नईले बैंगलोरलाई २३ रनले हराएको थियो ।

कमेन्ट गर्नुहोस्