एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुलिको तेस्रो जित

काठमाडौं । नेपाल पुलिस क्लबले छैटौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदै पुलिसले तेस्रो जित निकालेको हो ।

तेस्रो जित निकाल्ने क्रममा पुलिसले गण्डकीमाथि २५–२३, २५–१६ र ३२–३० को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले ३ खेलमा ९ अङ्क जोडेको छ । गण्डकीले ३ खेलमा ५ अङ्क जोडेको छ ।

कमेन्ट गर्नुहोस्