विवाह बन्धनमा बाँधिइन् रञ्जु दर्शना

काठमाडौं- गत स्थानीय निर्वाचनमा काठमाडौं मेयरमा प्रतिस्पर्धा गरेकी रञ्जु दर्शना वैवाहिक जीवनमा प्रवेश गरेकी छन्। किशु कुइँकेल र दर्शनाबीच बुधबार विवाह भएको हो। फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए।

विवेकशील साझा पार्टीमा उनी बागमती प्रदेश संयोजक बनेकी थिइन्। चार वर्ष विवेकशील साझामा आबद्ध उनी पार्टीमा विवाद भएपछि राजीनामा दिइन्।

गत स्थानीय निर्वाचनमा उनले २४ हजार भन्दा बढी मत प्राप्त गरेकी थिइन्। नेता मिलन पाण्डेले फेसबुकमा विवाहको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘रञ्जु र किशुजीलाई नयाँ यात्राको लागि धेरै धेरै शुभकामना। वैवाहिक जीवन सुखद् रहोस्। धेरै धेरै माया, सद्भाव र शुभकामना।’

कमेन्ट गर्नुहोस्