काठमाडौँ । धनुषामा एक उम्मेदवारको बुबामाथि आक्रमण भएको छ । जिल्लाको कमला नगरपालिका – १ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्रनारायण यादवमाथि धारिलो हतियार प्रहार गरिएको हो ।
नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका सर्वदेवमाथि आक्रमण गर्न आएको अज्ञात समूहले उनलाई नभेटाएपछि चन्द्रनारायण यादवमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
माग्राहस्थित घरमा वडाध्यक्षका उम्मेदवार सर्वदेवलाई आक्रमण गर्न गएको सो समूहले ढोका फोड्न नसकी बाहिर बरन्डामा सुतेका उनका बुवालाई आक्रमण गरेको हो ।
घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको छ । गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।