माओवादीबाट निर्वाचित थाहा नगरका मेयर विष्टद्वारा राजीनामा

मकवानपुर । नेकपा माओवादी केन्द्रबाट थाहा नगरपालिकाका मेयरमा निर्वाचित लभशेर विष्टले राजीनामा दिएका छन्। बिहीबार विष्टले आफ्नो व्यक्तिगत कारण भन्दै राजीनामा दिएको थाहा नगरका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए ।

उम्मेदवारी नदिएका विष्टले आफ्नो पार्टीका उम्मेदवार जिताउन राजीनामा दिएर चुनाव प्रचारमा खटिने बताएको छ ।

चुनावी आचारसंहिता लाग्ने भएकाले मेयरबाट राजीनामा दिएर जिम्मेवारीबाट मुक्त भएका हुन् । यसअघि निर्वाचनमा मेयरमा माओवादीबाट विष्ट र उपमेयरमा काँग्रेसका खड्गबहादुर गोपाली निर्वाचित भएका थिए । यस निर्वाचनमा माओवादी र काँग्रेसबीच चुनावी तालमेल छ । माओवादीबाट मेयरमा विष्णु विष्ट र काँग्रेसबाट उपमेयरमा भरत गोपाली उम्मेदवार छन् ।

कमेन्ट गर्नुहोस्