केपी ओली कुहिएको फर्सी भइसके : माधव नेपाल

काठमाडौं – नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली झुटको पुलिन्दा रहेको आरोप लगाएका छन्।

चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपालले ओली झुटको पुलिन्दा रहेको बताउँदै सचेत रहन आग्रह गरे।

ओली कुहिएको फर्सी भइसकेकोले उनको कुनै अर्थ नरहेको नेपालले बताए।
केपी ओलीको प्रतिगमनविरूद्ध आफूहरू एकजुट भएको बताउँदै उनले गठबन्धन नभइदिएको भए संविधान कागजको खोस्रोमात्र हुने जिकिर गरे।

केपी ओलीजीको बखान गर्न जरूरी छैन, हजार जीवा भएका शेष नागले गर्न सक्दैनन् भने मैले कसरी गर्नु,’ उनले भने,‘उनी त बयलगाडा दर्शनका प्रवत्र्तक हुन्। गणतन्त्रविरोधी हुन्। त्यसैले गणतन्त्रविरोधी शक्तिसँग अहिले मिलेका छन्।’

राजनीतिक हिसाबले विश्लेषण गरेर गठबन्धनलाई थप बलियो बनाउन उनले आग्रह गरेका छन्।

नेता नेपालले भरतपुर महानगरको मेयरमा रेणु दाहालको विजय सुनिश्चित रहेको दाबी गरे। रेणु दाहालको भाषण सुनेर आफू दङ्ग भएको बताउँदै उनले भने,‘बधाइ छ रेणु दाहाललाई।’

कमेन्ट गर्नुहोस्