न्याय नपाए काठमाडौं महानगर आउने बनाउँछु : सिर्जना सिंह

काठमाडौं । नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले पहिला न्याय नपाए गोर्खा जानुपर्थो, अब काठमाडौं महानगर जाने बनाउने बताएकी छिन् ।

गोरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले देशको एकीकरण गोर्खाले गरेको भन्दै अब काठमाडौंको मेयर बनेर गोर्खाको चेलीले काठमाडौं सफा सुन्दर र व्यवस्थित गर्ने बताइन्।

पहिले न्याय नपाए गोर्खा जानू भन्ने प्रचलन रहेको बताउँदै अब न्याय नपाए काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउने समेत बताइन्। ‘पहिले राजनीतिबाट घर सम्हाल्न पुगेकी थिएँ । सबै सीपको प्रयोग गरेर अवसर पाए काठमाडौं सम्हाल्ने छु,’ सिंहले भनिन् ।

काठमाडौंलाई साना समस्याले गाँजेको उल्लेख गर्दै अब स्वच्छ र सफा काठमाडौं नै प्रमुख अभियान रहने सिंहले बताइन् ।

कमेन्ट गर्नुहोस्