जापान र बेलायतबीच रक्षा सम्झौता

एजेन्सी । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला जापान र बेलायतले रक्षा सम्झौता गरेका छन् । जापानसँग रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर गरेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘तानासाही र जबर्जस्त शक्तिहरू’लाई रोक्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जोन्सन र जापानी समकक्षी फुमियो किसिदाबीच लन्डनको डाउनिङ स्ट्रिटमा भएको भेटवार्तामा दुई देशबीच संयुक्त सैनिक अभ्यास र दैवी प्रकोप राहत उद्धार कार्यमा पनि सहकार्य हुने घोषणा भएको छ । युरोपेली मुलुक बेलायत र जापानबीच भएको यस प्रकारको यो पहिलो सम्झौता हो ।

दुवै प्रधानमन्त्रीले युक्रेनमाथि भएको रुसी आक्रमणको आलोचना गरेपछि यो सम्झौता भएको हो ।

कमेन्ट गर्नुहोस्