आईपीएल क्रिकेटमा आज गुजरात र मुम्बई खेल्ने

काठमाडौं । प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्नेछन् । यो खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

अहिलेसम्म खेलेका १० खेलमा ८ मा जित र २ मा हार व्यहोरेको गुजरात १६ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । यस्तै ९ खेलमा १ मा जित र ८ खेलमा हार व्यहोरेको मुम्बइले २ अंक मात्र जोडेको छ । मुम्बई तालिकाको पुछारमा छ ।

यसअघि गएराति सकिएको खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले हराएको थियो । दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।

सअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको छ । जितसँगै दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । अहिलेसम्म खेलेका १० खेलमा ५ मा जित र ५ मा हार व्यहोरेको दिल्लीले लिगमा १० अंक जोडेको छ ।

यस्तै समान १० अंक नै जोडेको हैदरावाद छैटौं स्थानमा छ । उसले पनि खेलेका १० खेलमा ५ मा जित र ५ मा हार व्यहोरेको छ । समान अंक भएपनि रनरेटका आधारमा दिल्ली पाँचौ स्थानमा उक्लिएको हो ।

कमेन्ट गर्नुहोस्