चीनमा भवन भत्किँदा ५३ जनाको ज्यान गएको पुष्टि

काठमाडौं- चीनको हुनान प्रान्तमा भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो ।

सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सो भवनमा रहेका १० जनालाई भने जीवितै उद्धार गरिएको छ ।

त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ अरु केही मानिसहरू फसिरहेको आशंकामा उद्धार जारी राखिएको थियो ।

हुनान प्रान्तको वाङ्चेन्द क्षेत्रमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जीवितै उद्धार गरिएको प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका हुन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्