काठमाडौंको मेयरमा आफूमै योग्य छु : केशव स्थापित

काठमाडौं । काठमाडौ महानगरपालिकामा नेकपा (एमाले) को तर्फबाट मेयर उम्मेदवार केशव स्थापितले काठमाडौंमा आफू नै योग्य उम्मेदवार रहेको दाबी गरेका छन् । काठमाडौमा आज पत्रकार सम्मेलन गरि उनले काठमाडौं महानगरलाई समृद्ध, सुरक्षित र जिवन्त सांस्कृतिक नगर बनाउने योजना पनि सुनाए ।
आफू र आफ्नो टिमलाई जिताएर महानगरपालिकाको सेवा गर्ने मौका दिन पनि उनले आग्रह गरे ।काठमाडौंका सांस्कृतिक सम्पदाको संरक्षण, भौतिक पूर्वाधारको स्तरोन्नत्ति, शिक्षा स्वास्थ्य तथा सामाजिक सुरक्षा र समग्र उपत्यकाको पूनर्जागरण आफ्नो प्रथामिकता रहने उनको भनाइ थियो ।

उनले घोषणापत्रमा लेखिएका सवै प्रतिवद्धता पूरा गर्ने पनि बताए ।

कमेन्ट गर्नुहोस्