१५ जना कोरोना संक्रमित थपिए, ४७ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा आज बिहिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ५० पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१ हजार ३ वटा एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, शुक्रबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै १७ जना कोरोना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ४७ जना निको भएका छन् ।

हाल नेपालमा २ सय १५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्