कञ्चनपुर, । भीमदत्तनगर वडा नं २ गोलकुण्डामा केहि दिन अघिको हावाहुरीले दलित बस्तीको बसोबास उजाड पारेको छ । जस्तापाताले छाएको करिव २५ दलित परिवारको छानो हावाहुरीले उडाइदिएपछि उनीहरु यतिबेला बिचल्ली अवस्थामा पुगेका छन् ।
बस्ने घरको छानो उडेको वरपर खोलाले घेरेको ती परिवारलाई न खाने पानीको सहज सुविधा छ न बस्ने घरको नै । विचल्ली अवस्थामा पुगेको अधिकांश बस्तीमा बढी एकल महिलाहरु चपेटामा परेका त्यहाँका स्थानीयले बताएका छन् । त्यहाँ अवस्थित बस्तीको एक घरमा आगलागी समेत भएको छ । आफूहरुको पिडा र दुखमा सहयोग गरिदिन उनीहरुले सबैमा अपिल समेत गरेका छन् ।
देश यतिबेला चुनावमय बनेको छ । स्थानीय तहको निर्वाचन आउन अब ७ दिन मात्रै बाँकी छ । यतिबेला राजनीतिक दलहरु विभिन्न प्रकारण घोषणा, प्रतिवद्धता र आश्वास बाड्दै चुनाव प्रचारप्रसारमा जुटिरहेका छन् तर गोलकुण्डाका दलित बस्तीमा न नेताको ध्यान गएको छ न राज्यको । जित आफ्नो पक्षमा पार्न आश्वासन बाड्दै हिड्ने नेताहरुलाई भनकसम्म छैन की त्यो बस्तीमा अनिदो रात बित्छ । यो पिडा र त्रास कसैले पनि नबुझेकोमा निकै निरास भएका उनीहरुको लागि चुनाव आएको जस्तो महसुस पनि भएको छैन ।
आफूहरुको पिडा र दुखमा सहयोग गरिदिन उनीहरुले सबैमा अपिल समेत गरेका छन् ।