आईपीएल : मुम्बईसँग गुजरात ५ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई हराएको छ । मुम्बईमा गएराति भएको खेलमा मुम्बईले शीर्ष स्थानको गुजरातलाई ५ रनले हराएको हो ।

मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि रिद्धिमान साहले ५५ रन र सुबमन गिलले ५२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । जितसँगै मुम्बई १० खेलमा ४ अङ्क जोडेर पुछारमा रहेको छ । गुजरात ११ खेलमा १६ अङ्ककासाथ शीर्ष स्थानमा कामयै रहेको छ ।

कमेन्ट गर्नुहोस्