कांग्रेसमाथि खनिए ओली, भने- देशको सम्पत्ति खाने पार्टी हाे कांग्रेस

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य सम्यन्त्रको दुरुपयोग गर्ने पार्टी कांग्रेस भएको आरोप लगाएका छन्। आइतबार बिहान मतदातालाई भोट दिन अपिल गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

बहुदलीय अध्यासमा आएपछिको ३२ वर्ष नेपाली कांग्रेसले २७ वर्ष शासन गरेको बताउँदै उनले कांग्रेसले यो अवधिमा देशको सम्पत्ति खाएको, शासन राजालाई बुझाएको र राज्य संयन्त्रको दुरुपयोग गर्ने काम मात्र गरेको बताए।

उनले भने, ‘कांग्रेसले यो २७ वर्षमा राजालाई सत्ता सुम्पिने काम गर्‍यो। सांसदलाई विदेशमा बन्धक बनाउने, आफ्नै पार्टीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र न्यायालय खल्बलाउने काम गर्‍यो। देशको सम्पत्ति खाने, सम्पूर्ण राज्य सम्यन्त्रको दुरुपयोग गर्ने पार्टी हो कांग्रेस। कांग्रेस कालमा विकासका योजना न सुरु भए न अन्त्त्य भए। लोक कल्याण कार्यप्रति उदासिनता कांग्रेसको चरित्र हो।’

ओलीले अदालतको परमादेशी सरकार बनाएपछि विकास निर्माण, सुशासन, समाज रुपान्तरणको यात्रा रोकिएको बताए।

उनले भने, ‘बहदलीय शासनको अभ्यास गरेको जम्माजम्मी यो ३२ वर्षको अवधिमा नेकपा एमालेले १० वर्ष शासन गर्ने अवसर पायो। यो अवधिमा विकास, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्धमा अभूतपूर्व उपलब्धि आसिल गर्‍यो।’

कमेन्ट गर्नुहोस्