पोखरा पुगेर देउवाले भने– ओलीको आतंकी शासनबाट बचाउन गठबन्धन

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको आतंकी शासनबाट बचाउन गठबन्धन बनेको बताएका छन्।

पाँच दलीय गठबन्धनले पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

उनले गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको बताए। उनले भने, ‘ गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक छ। गठबन्धनमा सामेल पार्टीहरुले धेरै छोड्नु भएको छ कांग्रेसका लागि। उहाँहरुले एक–एक वटा महानगर लिएर तीन वटा हामीलाई छोड्नु भएको छ। गठबन्धनमाथि शंका उपशंका गर्नु हुँदैन। प्रचण्डजी, माधवजीले उदार भएर सहयोग गर्नु भएको छ। कांग्रेसको कर्तब्य हो गठबन्धन सफल पार्ने। गठबन्धन बचाउनु छ भने साझा उम्मेदवारलाई विजयी बनाउनु पर्छ। ओलीको आतंकी शासनबाट बचाउन गठबन्धन बनेको हो। ओली प्रजातन्त्रको खिलाप हुनुहन्छ। स्थायित्व, राजनीतिक स्थिरताका लागि भएको हो।’

 

 

कमेन्ट गर्नुहोस्