केशव स्थापित र बालेनको जम्काभेट, देखाए हार्दिकता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार द्वय केशव स्थापित र स्वतन्त्र बालेन शाह जम्काभेट भएको छ ।

नेकपा एमालेका उम्मेदवार स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेनबीच आज जम्काभेट हुँदा एकअर्काले हार्दिकता देखाएका छन्।

चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौंको शान्तिनगर क्षेत्रमा स्थापित र बालेनको समूह जम्काभेट भएको थियो।

स्थापित र बालेनले अंकमाल गर्दै एकअर्कालाई शुभकामना पनि दिएका थिए। बालेनको टिममा रहेका विवेक बास्तोलाका अनुसार स्थापित र बालेनबीच भेट हुँदा शुभकामना आदानप्रदान भएको थियो।

चुनावी प्रचारप्रसारका क्रममा भएका कार्यक्रममा स्थापित बालेनप्रति आक्रामक देखिने गरेका थिए।

केही दिनअघि स्थापितले बालेनलाई आफ्नो परिचय लुकाएर भोट माग्ने गरेको आरोप लगाएका थिए। स्थापितका अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो।

बालेनले भने स्थापितका अभिव्यक्तिमा जवाफ दिँदै स्थापित आफ्नो ुब्रान्ड एम्बेस्डरु भएको प्रतिक्रिया दिएका थिए।

कमेन्ट गर्नुहोस्