जितेपछि पहिलो भ्रमण भारत जान्छु, अरविन्द्र केजरीवाललाई भेट्छु : विजय सुवेदी

चितवन । नेकपा एमालेबाट भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार विजय सुवेदीले आफूले जितेपछि भारत जाने बताएका छन् । आज आइतबार भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै सुवेदीले निर्वाचनमा मेयर पद जितेपछि आफ्नो पहिलो भ्रमण भारत हुने बताएका हुन् । भारत गएर आम आद्मी पार्टीका नेता अरविन्द्र केजरीवाललाई भेट्ने सेवेदीले बताएका छन् ।

सु,वेदीले भने, ‘म नगर प्रमुखको रुपमा विजयी भए भने सबैभन्दा पहिला भारत भ्रमण गर्छु । भारतमा गएर केजरीवाल (अरविन्द्र केजरिवाल)जीलाई भेट्न चाहन्छु । म नितिन गडगरीलाई भेट्न चाहन्छु, उहाँहरुले गरेको राम्रो कामको सिक्छु र उहाँलाई पनि ल्याउछु ।

चीन लगायतका देशहरुमा पनि गएर सबै देशको स्रोत साधनहरु ल्याएर भरतपुर महानगर बनाउछौं ।’ उनले भरतपुर माग्ने नभइ दान गर्ने सक्ने क्षमताको पनि भएको बताएका छन् । उनले करको दर नबढाउने करको दायरा बढाउने पनि बताए ।

कमेन्ट गर्नुहोस्