निर्वाचनलाई मध्यनजर गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

सप्तरी । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सप्तरीमा मङ्गलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना जारी गरी मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थमा रोक लगाइएको जनाएको छ ।

वैशाख ३० गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ बिक्री वितरण तथा तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए । निर्वाचन सुरक्षा )व्यवस्था) निर्देशिका २०७८ को परिच्छेद ६ ९थ० बमोजिम यस्तो निर्णय गरिएको उनले बताए ।

मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको बताउनुहुँदै प्रजिअ गौतमले निर्णयविपरीत कसैले काम गरेको पाइएमा नियमअनुसार कारबाही हुने चेतावनी दिए ।

यो निर्णयअघि मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला अधिकारी गौतमसहितको उपस्थितिमा राजविराजमा सर्वदलीय बैठक सम्पन्न भएको थियो ।

जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावना भएकाले जिल्लामा मदिरा सेवन तथा बिक्री वितरणमा पूर्णप्रतिबन्ध लगाइएको हो ।

जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिराको भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरिएको छ । अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहिता पालना गर्न पनि बैठकमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई सचेत बनाइएको छ ।

कमेन्ट गर्नुहोस्