गाउँपालिका अध्यक्ष बारिक शेखको निधन

काठमाडौँ । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको ७० वर्षको उमेरमा निधन भएको छ । अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको हो ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यक्रिया हुन नसकेको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले बताइन् । बिरामी शेख शनिबार साँझसम्म पनि बैठकमा व्यस्त थिए ।

शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको स्थानीय तह निर्वाचनमा अन्य जनप्रतिनिधिले पुनः चुनाव लड्न राजीनामा दिए पनि उनले राजीनामा दिएका थिएनन् ।

कमेन्ट गर्नुहोस्