काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई ५–० गोल अन्तरले हराएको हो।
जितसँगै सिटी शीर्ष स्थानमा पुगेको छ । उसले लिभरपुलसँगको दूरी ३ अङ्कले बढाएको छ । ३५ खेलमा ८६ अङ्ककासाथ सिटी शीर्ष स्थानमा उक्लदा लिभरपुल समान खेलमा ८३ अङ्कसहित दोस्रो स्थानमा छ ।
सिटीलाई जिताउन रहिम स्ट्रर्लिङले दुई गोल गरे भने एम्रिक लापोर्ट, रोड्री र फिल फोडेनले एक/एक गोल गरे ।
यस्तै, गएरातिकै खेलमा वेष्टह्यामले नर्विच सिटीलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
वेष्टह्यामका लागि बेनरमाले गोल गरे भने एन्टोनियो र लाजिनिले एक/एक गोल गरे । जितपछि ५५ अङ्क रहेको वेष्टह्याम तालिकाको सातौँ स्थानमा छ ।
यस्तै, गएरातिकै अरु खेलमा आर्सनल र एभर्टन विजयी भएका छन् ।
आर्सनलले लिड्स युनाइटेडलाई र एभर्टनले लेस्टर सिटीलाई समान २–१ गोल अन्तरले पराजित गरेका हुन् ।