चलचित्र ‘सिल्ली फो’ को डबिङ सकियो

काठमाडौं । चलचित्र ‘सिल्ली फो’ आगामी असार ३१ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको डबिङ सकिएको जानकारी दिदै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । फिल्म अब अन्तिम प्राविधिक कार्यक्रमा जुटेको निर्देशक राजबहादुर सानेले जानकारी दिए ।

केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दिपक थापा, पूर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जालीमगर, रेजिना थापा, राज गौतम (केशव),अमरबहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन विश्वकर्माको लगायतको अभिनय फिल्ममा छ ।

मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह–निर्माता छन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायाङ्कन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स रहेको फिल्म श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्