कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र तोकियो (सूची सहित)

काठमाडौं । आगामी जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको हो ।

बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ । साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवं शाखा कार्यलयहरुले समेत आ–आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई जानकारी गराउन अनुरोध गरेको छ । जेठ १६ गतेदेखि २६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुनेछन् ।

हेर्नुहोस् परीक्षा केन्द्र

कमेन्ट गर्नुहोस्