बुढिगंगामा भोट माग्दै युवा नेता जीवन आचार्य (फोटोसहित)

विराटनगर । स्थानीय तह निर्वाचनको मुख्य दिन आउन अब चार दिन मात्रै बाँकी छ । यहि वैशाख ३० गते देशभर एकैसाथ निर्वाचन हुँदैछ । यतिबेला देश चुनावमय बनेको छ भने राजनीतिक दलका शिर्षनेताहरु प्रचारप्रसारमा देश दौडाहमा निस्किएका छन् । निर्वाचनका लागि भोलि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ ।

अब चुनाव प्रचारप्रसारको मात्रै एक दिन बाँकी छ । सत्ता गठबन्धनको चुनावी सभा आज सोमबार सुदुरपश्चिमा भएको छ भने नेकपा एमालेको पोखरामा भएको छ ।

माओवादी केन्द्रका नेता जीवन आचार्य मोरङमा मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोरी (गंगा दाहालका पति) ज्वाँई हुन् । आज सोमबार आचार्य माओवादी केन्द्रले आयोजना गरेको घरदैलोमा बुढीगंगाको गकुवामा दिनभर मतदातासँग मोट माग्न ब्यस्त भए ।

बुढीगंगामा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) बीचमा चुनावी तालमेल छ । माओवादी केन्द्रले अध्यक्ष पदमा युवा उम्मेदवार ईश्वरीप्रसाद आचार्यलाई उठाएको छ ।

बुढीगंगाको माओवादी केन्द्रको निर्वाचन कमाण्डर समेत रहेका जीवन आचार्य सोमबार दिनभर भोट माग्न ब्यस्त थिए । उनीसँगै अन्य उम्मेदवारहरु पनि घरदैलोमा सहभागी थिए । जीवन केही दिन अघि मात्र चितवनको चुनावी कार्यक्रम सकेर बुढीगंगा आएका हुन ।

सो गाँउपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले एकल रुपमा आफ्ना उम्मेदवार उठाएका छन् । दुबै दलले अन्य दलसँग चुनावी तालमेल गरेका छैनन् ।

जीवनको बुढीगंगा राजनीतिक क्षेत्र हो । सोही क्षेत्रबाट उनी प्रदेशसभा सदस्यका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । उनी कांग्रेसका चुमनारायण तवदारसँग झिनो मतान्तरले पराजित भएका थिए ।

हेनुस् फोटो

कमेन्ट गर्नुहोस्