जिल्ला प्रशासन कार्यलय दाङमा चार दिन सेवा बन्द

शोभा बन्जाडे                                                       घोराही – यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय दाङबाट प्रवाह हुने सेवा आजदेखि २९ गतेसम्म स्थगित गरिएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरु निर्वाचनका लागि मतदान केन्द्रमा खटिएकाले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा जारी सूचनामा जनाइएको छ ।

नागरिकता प्रमाणपत्र, नाबालक, राष्ट्रिय परिचयपत्र, राहदानी तथा अन्य सिफारिस सम्बन्धि सेवा प्रवाह स्थगित गरिएको जानकारी गराइएको छ ।

कमेन्ट गर्नुहोस्