सागमा स्वर्ण विजेता खेलाडी सञ्जु चौधरी मृत अवस्थामा फेला


काठमाडौं – भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिएकी छन्। एसियाली खेलकुदको तयारीका क्रममा रहेकी तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा भेटिएकी हुन्।

प्रशिक्षणकै क्रममा केहीदिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका-९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान साढे ५ बजे मृत अवस्थामा भेटिएकी थिइन्।

प्रारम्भिक अनुसन्धानले आत्महत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्षअघि भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन्। सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी पनि हुन्। उनी केही दिनअघि भएको एसियाली छनोटमा भाग लिन काठमाडौं आएकी थिइन्।

कमेन्ट गर्नुहोस्