७ सयले घट्यो आज सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। मंगलबार सुन तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुन तोलाको ९८ हजार कायम भएको छ। यस अघि सोमबार सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन तोलाको ९७ हजार ५ सय निर्धारण महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्