काठमाडाैँ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप १७ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय २३ जना निको भएका छन् ।
हाल नेपालमा १ सय ८५ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।