शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भए पनि स्वास्थ्य संस्था बन्द नहुने

काठमाडौं । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा आगामी जेठ २ गते शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार शनिबार र आइतबार लगातार बिदापछि पनि अर्को सार्वजनिक सार्वजनिक बिदा परेको खण्डमा सो दिन स्वास्थ्य संस्था तथा अस्पतालहरू बन्द नरहने उल्लेख गरिएको छ ।

सरकारले परीक्षणका रुपमा वि.स २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९स्३० देखि अपरान्ह ५स्३० बजेसम्म निर्धारण गर्ने उल्लेख गरिएको छ ।

यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९स्३० बजेदेखि अपरान्ह ४स्३० बजेसम्म कार्यालयको समय रहने उल्लेख गरिएको छ ।

यस्तै २०७९ सालको लागि निर्धारण गरिएको दशै र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन,प्रहरी, विद्युत खानेपानी अध्यागमन, वारुयन्त्र, टक्सार, जिल्ला प्रशासन, बैकिङ्क सेवा,आन्तरिक राजश्व, मालपोत लगाएका तेस्रो दिनदेखि गृह मन्त्रालयले विदा निर्धारण गरेअनुसार सेवा प्रवाहको व्यवस्था गर्नुपर्ने भएको छ ।

यस्तै, सार्वजनिक विदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा विदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्