कुमाखमा माओवादी केन्द्रको पक्षमा जनलहर, यस्ता छन् उम्मेद्वारका योजना

सल्यान । स्थानीय तह निर्वाचनमा पाँच वर्षअघि निकटतम प्रतिद्वन्द्वी एमालेलाई झण्डै दोब्बर मतले हराएर विजयको झण्डा उचालेको माओवादी केन्द्र यसपालि पुनस् सोही विरासत कायम राख्ने चुनौतीका साथ चुनावी मैदानमा होमिएको छ।

स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षमा पार्टीका पालिका अध्यक्ष डिल्लीराज जैशी र उपाध्यक्षमा पालिका कोषाध्यक्ष धनसरा मल्ललाई उम्मेदवार बनाएको छ। अध्यक्षका उम्मेद्वार जैशी अघिल्लो कार्यकाल उपाध्यक्ष भएर जनप्रतिनिधिको रूपमा काम गरिसकेका अनुभवी युवा नेता हुन् भने उपाध्यक्षका उम्मेद्वार मल्ल पनि स्थानीय तहका विभिन्न क्षेत्रमा काम गरिसकेकी अनुभवी र सक्षम महिला नेतृ हुन्।

देशभर माओवादी कांग्रेससहितको पाँचदलीय गठबन्धन भइरहँदा सल्यानको कुमाख गाउँपालिकामा भने कांग्रेस(एमाले गठबन्धन बनाएर माओवादीविरुद्ध मोर्चाबन्दी गरेका छन्। काँग्रेस(एमाले गठबन्धन बनेपछि माओवादी एक्लै चुनावी मैदानमा होमिएको छ। त्यस्तै, चुनावी दौडमा विप्लवनिकट नेकपा र पाँच दलीय गठबन्धनभित्रकै नेकपा ९एस० एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन्।

कांग्रेस(एमाले गठबन्धनको तर्फबाट कांग्रेसनिकट निर्माण व्यवसायी मानबहादुर बुढाथोकी अध्यक्ष र एमालेका नेता लालबहादुर रावत उपाध्यक्षका उम्मेदवार बनेका छन्। गठबन्धनले अध्यक्ष र उपाध्यक्षमा महिला एक जना हुनैपर्ने मान्यतालाई कानुनी छिद्र खोजेर दुवै पदमा पुरूषलाई नै अघि सारेको छ। उसो त अध्यक्षका उम्मेदवार बुढाथोकी राजनीतिज्ञ कम ठेकेदार बढी रहेका छन्। करोडौंको ठेक्कापट्टामा संलग्न उनी प्रायस् नेपालगञ्ज र काठमाडौंतिरै रहने र राजनीतिक रूपमा निकै कम देखा पर्ने व्यक्ति भएको स्थानीयको दावी छ।

प्रदेशस्तरमा पाँच दलीय गठबन्धनले कर्णाली प्रदेशको भागबण्डा गर्दा कुमाखमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी पार्टीलाई परेको थियो तर सल्यान कांग्रेसले पार्टीभित्रको विवादको कारण देखाउँदै एमालेसँग गठबन्धन गरि पाँच दलीय गठबन्धनले भन्दै आएको प्रतिगमनविरोधी शक्ति एमालेसँग सहकार्य गरेको छ।

को हुन् माओवादी केन्द्रका उम्मेदवार जैशी र मल्ल ?

कुमाख गाउँपालिका वडा नं. ७ जिमालीमा जन्मिएका डिल्लीराज जैशी विद्यार्थी छँदादेखि नै माओवादीनिकट विद्यार्थी तथा युवा संगठनमा आवद्ध भएका नेता हुन्।
जनयुद्धकालमा पूर्णकालीन कार्यकर्ताको रूपमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका जैशीले कुमाख गाउँपालिकामै लामो समय काम गरेका थिए।

शान्ति प्रक्रियापछि जनतासँगै गाउँमै रहेर काम गरेका उनी २०७४ सालमा पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा कुमाख गाउँपालिकाको उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरि विजय भएका थिए। गाउँपालिकाको उपाध्यक्ष पदमै रहँदा उनी गत वर्षमात्रै पार्टीको गाउँपालिका अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए।

त्यस्तै उपाध्यक्षका उम्मेद्वार धनसरा मल्ल कुमाख गाउँपालिका वडा नं. ५ नेटामा जन्मिएकी हुन्। कलिलो उमेरमै पढाइ र घर छोडेर जनयुद्धमा होमिएकी उनी जनकलाकारको भूमिकामा रहेर लामो समय काम गरेकी कार्यकर्ता हुन्। जनयुद्धकालमा आफ्नो कान्छो दाजुलाई गुमाएकी उनी दाजुको हत्याबाट विचलित भइनन्, बरू पीडालाई शक्तिमा बदलेर दाजुको बलिदानको कथा सुनाउँदै क्रान्तियात्रामा होमिएकी थिइन्।

सानै उमेरमा पढाइ छोडेर जनयुद्धमा लागेर उनले शान्तिप्रक्रियापछि छुटेको औपचारिक शिक्षालाई जोड्दै स्नातक उतीर्ण गरिसकेकी छिन्। युद्धकालमा सल्यानका हरेक गाउँबस्तीमा चेतनाका गीतसंगीत सुनाउँदै जनतालाई संगठित गरेकी उनी कुशल संगठक पनि हुन्। शान्ति प्रक्रियापछि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी उनी अहिले कुमाख गाउँपालिका कोषाध्यक्षको जिम्मेवारीमा रहेकी छिन्। मल्ललाई स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले उपाध्यक्ष पदमा उम्मेद्वार बनाइ चुनावी मोर्चामा पठाएको छ।

कुमाखको विकासका लागि यस्ता छन् माओवादी केन्द्रका योजना
सुशासन, आर्थिक समृद्धि र विकासका लागि कुमाख गाउँपालिकामा माओवादी नेतृत्वको जनमुखी सरकारझ भन्ने मूल उद्धेश्यसहित चुनावी मैदानमा होमिएको माओवादी केन्द्रले पाँच वर्षे योजनासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइएको प्रतिबद्धता पत्रमा नागरिकका दैनिक आवश्यकताहरू पूरा गर्न विकासका पूर्वाधार निर्माण, आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड, स्वरोजगारमूलक कार्यक्रम र योजनामा केन्द्रित गर्नुका साथै गाउँपालिकामा गर्न सकिने स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिइने उल्लेख गरिएको छ।

कृषि क्षेत्रमा ञअर्थतन्त्रको प्रमुख आधार, कृषिमा गुणात्मक सुधारझ नारासहित माटो परीक्षण गरि कृषि पकेट क्षेट छुट्याउने, उत्पादनको बजारीकरणका लागि हाटबजार, वडा(वडामा कृषि प्राविधिकको व्यवस्था, कृषि अनुदान र सहुलियत ऋण, सहुलियत मल र निस्शुल्क बिउविजनको व्यवस्था गरिने उल्लेख गरिएको छ।

त्यस्तै, शिक्षा क्षेत्रमा गाउँपालिका आफ्नै स्थानीय पाठ्यक्रम ञकुमाख दर्पणझ बनाई कक्षा १-८ सम्म पठनपाठन गरिने बताइएको छ। एक विद्यालय(एक पुस्तकालय, एक मावि(एक नर्सको व्यवस्था गर्ने, हरेक वर्ष एक जनालाई एमबीबीएस अध्ययनका लागि अनुदान, विपन्न र जेहेन्दार छोरीहरूलाई निस्शुल्क प्राविधिक शिक्षा, प्रविधियुक्त विद्यालय, प्रविधिमैत्री शिक्षाका लागि पहल गर्ने जस्ता योजना र कार्यक्रम उल्लेख गरिएको छ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा सहिद स्मृति अस्पतालबाट सबै प्रकारका सेवा सुविधा दिने गरि स्तरोन्नति गर्ने, हरेक वडामा स्वास्थ्य चौकी स्थापना, गर्भवती, ज्येष्ठ नागरिक र विशिष्ट एवं क वर्गका अपाङ्गलाई गाउँपालिकाले निस्शुल्क एम्बुलेन्स सुविधा दिने योजना अघि सारिएको छ। त्यस्तै उद्योगतर्फ एक वडा(एक लघु उद्यम, रोजगार बैंक र रोजगार कोष स्थापना, अधिकारसम्पन्न विकास प्राधिकरण गठन गरि समग्र पालिकाको विकासका लागि बृहत् योजना निर्माण र कार्यान्वयन गर्ने माओवादी केन्द्रले योजना अघि सारेको छ।
त्यस्तै, गाउँपालिकाको केन्द्रबाट वडा कार्यालयसम्म सडक सञ्जाल विस्तार तथा स्तरोन्नति, कुमाख रिङरोड निर्माण, सल्लीबजार-नेटा-स्यानीपिप्ली-घाटाचौर सडक र थारमारे-बडागाउँ-रागेचौर-चौरजहारी सडकलाई कालोपत्रे गर्ने, पानी घट्ट संरक्षण र आधुनिकीकरण, शवदाह गृह निर्माण र शव दाह गृहसम्म सडक निर्माण गर्ने लक्ष्य लिइएको छ।

प्रतिबद्धता पत्रमा खानेपानीतर्फ तत्काल एक टोल, एक धारा स्थापना गर्ने र दीर्घकालीन रूपमा एक घर-एक धाराको योजना लागू गर्ने, पानीका मुहान तथा जलासयको निर्माण, सार्वजनिक स्थल, विद्यालय, पाटीमा धारा निर्माण, सिँचाइको प्रबन्धका लागि सम्भव हुने ठाउँमा डीपबोरिङ, लिफ्ट सिँचाइ योजना, पोखरी निर्माण गरि सिँचाइको व्यवस्था गरिने उल्लेख गरिएको छ।

त्यसैगरी नाङ्गा डाँडाहरूमा बृक्षारोपण गरि हरित गाउँ निर्माणमा जोड दिने माओवादीको योजना रहेको छ। मर्म र बस्नेतज्यूला खोलामा तटबन्ध गरि बाढी नियन्त्रण गर्ने, गाउँपालिका उज्यालो कार्यक्रम लागू गरि पाँच वर्षमा गाउँपालिकाभरि पूर्ण विद्युतीकरण गर्ने, गरिब, दलित र सुकुम्बासीलाई विद्युत महसुलमा छुट दिने योजनाहरू समेटिएको छ।

त्यसैगरि खेलकूदतर्फ गाउँपालिकामा एउटा सुविधासम्पन्न रंगशाला निर्माण, हरेक वडामा कभर्ड हल र खेलमैदान निर्माण गर्ने, खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने र युवाहरूलाई खेलकूदप्रति अभिरुचि जगाउने लक्ष्य लिइएको छ।

स्थानीय सरकार सामाजिक सुरक्षामा, बृद्धभत्ता घर घरमाझ भन्ने नारासहित बृद्धभत्ता घरमै पुर्याउने प्रतिबद्धता पत्रमा जनाइएको छ। भूमिहीनहरूको लगत संकलन गरि जग्गा उपलब्ध गराउने, नागरिकका गुनासो सुन्न र समस्या समाधान गर्न कुमाख टोल फ्री सेवा गर्ने माओवादी केन्द्रले प्रतिबद्धता जनाएको छ।

 

 

कमेन्ट गर्नुहोस्