आइपीएलमा राजस्थान र दिल्ली भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज बुधबार एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।

राजस्थान आज दिल्लीलाई हराएर प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। राजस्थान ११ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दिल्ली पनि जित निकाल्दै प्ले अफ सम्भावना कायम राख्ने योजनामा हुनेछ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै दिल्ली अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा रहेको छ । यस अघिको भेटमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको थियो ।

कमेन्ट गर्नुहोस्