एमाले कार्यकर्ताको अपहरणपछि हत्या, तीन जना पक्राउ

बुटवल । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ताको अपहरणपछि हत्या गरिएकाे छ । एमाले कार्यकर्ता डोटी बुढा जुनमायालाई घरदैलोका क्रममा २३ वैशाखमा अपहरण गरी हत्या गरिएको हो । गाउँपालिकाको ११ नम्बर वडा टक्सेरामा माओवादीले एमाले–कांग्रेस गठबन्धनको घरदैलोका क्रममा आक्रमण गरी जुनमायाको अपहरण गरेको आराेप छ। सो क्रममा झडप पनि भएको थियो ।

अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको र पोष्टमार्टममा हत्या गरिएको पुष्टि भएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृतकको पोष्टमार्टम गरिएको छ ।

एमाले पोलिब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेको बताएका छन् । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा  कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा रहेका छन् ।

कमेन्ट गर्नुहोस्