कुलमान भन्छन्,–विवादमा ल्याउने काम नगर्नुस्

काठमाडाैँ । नक्कली ट्विटर अकाउन्ट बनाइ विभिन्न सूचना सम्प्रेषण गरेकाेप्रति कुलमान घिसिङले ध्यानाकर्षण भएकाे बताएका छन् । बुधवार एक विज्ञप्ति प्रकाशित गर्दै घिसिङले आफ्नाे नाम तस्वीर प्रयाेग गरी खाेलिएका नक्कली ट्विटर ह्यान्डलबाट सूचना सम्प्रेषित भएकाेप्रति ध्यानाकर्षण भएकाे बताएका हुन् ।

विज्ञप्तिमा घिसिङले भनेका छन्, ‘मेरो नाम र तस्बीर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमागलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रतिगम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यस्तै, उनले आफ्नाे आधिकारिक ट्विटर ह्यान्डल @KMGhising मात्रै रहेकाे बताउँदै अन्य कुनै पनि ट्विटर नभएकाे स्पष्ट पारेका छन् । त्यस्तै, उनले अन्य नक्कली ह्यान्डिलहरूबाट प्रवाहित सूचनाकाे भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘निर्वाचनआयोगले स्थानीयतहको निर्वाचनकालागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरुनगरी दिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

कमेन्ट गर्नुहोस्