एमालेद्वारा माओवादीका वडाध्यक्षमा उम्मेदवार रानामाथि सांघातिक हमला, रानासहित आधा दर्जन गम्भिर घाईते

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका युवाहरुले गाँउपालिका १ माओवादी केन्द्रका उम्मेदवार दिनेश रानामाथि साँघात्मिक हमला गरेका छन । एमालेका कार्यकर्ताको आक्र्मणमा परी उम्मेदवार दिनेश राना लगायत आधा दर्जन स्थानीय घाईते भएका छन । अध्यक्ष रानालाई उपचारका लागि अस्पताल लगिएको छ । एक दिन अघि मात्रै एमालेका नेता कार्यकर्ताले बेलौरी उप प्रमुखका उम्मेदवार नन्द कुमार रानामाथि भौतिक आक्र्रमण गरेका थिए ।

क्षेत्र नम्बर १ कि सान्सद बिना मगर लालझाडि गाउँपालिका १ काे रामप्रसाद रानाकाे घरमा उनकाे छाेरा राेहित रानाकाे जन्म दिनकाे अबसरमा दिउसाे खानाखान गएकाे विषयलाई निहुँ झिकेर रानामाथि आक्रमण भएकाे हाे ।

रामप्रसादकी श्रीमती बीना मगरकी मितिनी समेत हुन । अहिले रानालाई उपचारका लागि धनगढि स्थित मायामेट्राे अस्पताल भर्ना गरिएकाे छ ।

घरेलु हतियार सहित ४०/५० नेता कार्यकर्ताले आक्र्रमण गरेको नेकपा माओवादी केन्द्र लालझाडीका नेता मदन बडायकले बताएका छन ।
आक्र्रमण गरी फरार भएका एमाले नेता कार्यकर्ता भागेका थिए । कञ्चनपुरका थारु समुदायले एक पछि अर्को राना समुदायकै उम्मेदवारमाथि आक्र्रमण गर्न थालेको भन्दै एमालेको भत्र्सना गरेका छन ।

कञ्चनपुर क्षेत्र नं. १ की संघीय सांसद तथा पूर्व मन्त्री बीना मगरले मौन अवधिमा चुनाव प्रसार गर्न गएको विषय अनावश्यकरुपमा अतिरञ्जित गरिएको बताएकी छिन् । लालझाडी गाउँपालिकाको बिनबारीमा गएको बेला एमाले कार्यकर्ताहरुले चुनाव प्रचारमा आएको भन्दै अनावश्यक बखेडा झिकेको उनले बताईन ।

एमाले कार्यकर्ताहरुले बिना मगर त्यहाँ पुगेको बेला होहल्ला गरेका थिए । एमाले कार्यकर्ताहरुले होहल्ला गर्दै वडाध्यक्षलगायतका स्थानीय जनतामाथि आक्रमण गरेको स्थानीयवासीले बताए । स्थितिबारे सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नेकपा माओवादीका नेताहरुले भने उक्त घटनालाई हारको मानसिकताको उपज भएको बताएका छन् ।

“यो नितान्त व्यक्तिगत भेटघाट थियो । मितिनीले आज छाेराकाे जन्मदिन हाे, आउनुपर्याे भनेपछि त्यहाँ गएकाे हाे । चुनावका लागि भोट माग्न म नै त्यसरी जानुपर्ने स्थिति आवश्यक छैन ।” सांसद मगरले भनिन्, “खाना खान गएको बेला त्यहीँका महिलाहरुसँग पारिवारिक र व्यक्तिगत कुराकानीलाई अनावश्यक इस्यू बनाइएको हो ।”

लालझाडीमा पार्टी लोकप्रियता देखेर तर्सिएका तत्वहरुले सुनियोजित तवरले भ्रम छरिरहेको उनले बताईन । यसअघि पनि माओवादी केन्द्रले नै जितेको लालझाडी गाउँपालिकामा यसअघिका अध्यक्ष मदन बडायक फेरी अध्यक्षको उम्मेदवार बनेका छन् । माओवादीले सबैभन्दा बलियो संगठनात्मक आधार भएको क्षेत्रका रुपमा लिँदै आएको लालझाडीलाई सहजै जित्ने पालिकाको रुपमा लिएको छ ।

व्यक्तिगरुपमा हिँडडूल गर्दा समेत त्यसलाई चुनाव प्रचारसँग जोडेर हेर्नु पराजित मानसिकताको उपज भएको माओवादी नेताहरुले बताएका छन् । माओवादीका उम्मेदवार मदन बडायकका अनुसार, पालिकामा माओवादीको अवस्था राम्रो भएको र एमालेले हार्ने निश्चित भएपछि उनीहरुले निहुँ खोजेर हिंसा फैलाउने र निर्वाचन बिथोल्ने षडयन्त्र गरिरहेका छन् ।

“हामी संगठनात्मकरुमा बलियो छौं । त्यसैले हामीले कुनै षडयन्त्र गर्नुपर्न या मौन अवधिको या आचारसंहिता उल्लंघन गर्नुपर्ने कुनै कारण नै छैन । त्यो हामीलाई आवश्यक नै छैन । जो कमजोर हुन्छ, उसले नै जथाभावी हल्ला फैलाउने हो ।” उनले भने । नेकपा एमालेका नेता तथा कार्यकर्ताले हिजो पनि बेलौरी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका नन्दलाल रानामाथि आक्रमण गरेका थिए । नेकपा एकीकृत समाजवादीले उक्त घटनालाई अपराधिक जत्थाहरुको कायरता भन्दै आलोचना गरेको छ ।

कमेन्ट गर्नुहोस्