बुटवल उपमहानगरमा एमालेबाट मेयरका उम्मेदवारकी पत्नीले पैसा बाँड्न खोजेको आरोप

रुपन्देही । रुपन्देहीको बुटवल उप–महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईले पैसा बाँड्न खोजेको आरोप लागेको छ ।

भट्टराई पत्नी माया भट्टराईलाई पैसा बाँड्न खोजेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । वुटवल–१२ स्थित देवीनगरको सुकुम्बासी बस्तीमा उनले पैसा बाँड्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

तर, उनको साथमा पैसा फेला नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले बताए । उनले भने– ‘पैसा भेटिएको छैन्, विवाद समाधान भैसक्यो ।’

कमेन्ट गर्नुहोस्